प्रतिनिधिसभाको बैठक ४ बजे सर्यो
काठमाडौं। बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ। बैठक बिहीबार नै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment