जसपा विभाजनसम्बन्धी उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा
काठमाडौं। पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो। उपेन्द्र यादवले जसपा नेपालको विभाजन संविधान विपरित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment