सरकार र कांग्रेसबीच करिब करिब सहमति, संसदको अवरोध हट्ने

डिसी नेपाल
१४ जेठ २०८१ २२:२८
308
Shares

काठमाडौं। रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आइरहेको प्रमुख प्रतिपक्ष दल कांग्रेस र सरकारबीच अनौपचारिक सहमति भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटार भएको छलफलमा गोर्खा मिडिया नेटवर्कमा भएको सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने पक्का जस्तै भएको छ।

कानुनमन्त्री पदम गिरीका अनुसार भोली (मंगलबार) कार्यदलको बैठकबाट कार्यादेश टुंगो लाग्ने र औपचारिक सहमति हुने भएको छ। योसँगै संसदको अवरोध पनि हट्ने उनले बताए। भोलि नै संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको छ।

यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि छलफल सकारात्मक रहेको बताउँदै भोली नै फाइनल हुने बताए। कांग्रेसले छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान राख्दै आएको थियो। सत्तापक्षाले भने कुनै व्यक्ति वा पद लक्षित छानबिन समिति नबन्ने तर संस्थाको नाम राख्न सकिने बताएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *