आगामी आवमा भलिबलका लागि आवासीय कभर्ड हल बनाउनेछुः खेलकुदमन्त्री

डिसी नेपाल
१९ जेठ २०८१ २२:५८
28
Shares

काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्षमा भलिबलका लागि आवासीय कभर्ड हल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री श्रेष्ठले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताउँदै खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने धारणा राखे।

आज काठमाडौंमा सुरु भएको आठौँ एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘अहिलेकै बजेटमा पनि भलिबलका लागि एउटा गन्तव्यका रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत् समस्याहरुले सकेका छैनौँ, यसपटक भलिबलका लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ कि भन्नेमा आशावादी छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *