क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिने कुरा समग्र देशको अपमान हो: ज्ञानेन्द्र शाही (भिडियो)
काठमाडौं। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिने कुरा समग्र देशको अपमान भएको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको बिशेष समयमा शाहीले अदालते न्याय दिएर क्यान र सरकारले सिफारिस गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा नदिनु समग्र देशको अपमान भएको बताएका हुन्। उनले विश्वकप खेल्नका लागि आफ्ना खेलाडीलाई भिसा नदिदा पनि कुनै प्रतिक्रिया नदिने परराष्ट्र र खेलकुद मन्त्रालयको आवश्यकता नदेखिएको धारणा राखे।
विश्वकप आयोजना गर्ने देशले नै खेल खेल्न भिसा नदिनु भनेको पञ्चशिलको सिद्धान्त बिपरित रहेको उनको भनाई छ । उनले देशलाई खेलाडी वा कलाकारले देशलाई चिनाउने भन्दै यसलाई देशका नेताहरुले बुझ्न नसकेको तर्क गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment