देशको गोप्य सूचना बेच्ने सांसदको नाम खुलाउन कांग्रेसको सभामुखलाई ध्यानाकर्षण
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशमा बिक्री गर्ने सांसदको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले नेपालको गोप्य सूचना बेच्यो उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रष्ट पार्नका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराएका हुन्।
उनले भने-‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो। त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो। यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन,यही संसदमा गोप्य सूचना बेच्ने मान्छे सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो। नेपाली जनता हेर्न चाहन्छन्, को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने ? यसको जानकारी चाहियो । र कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको गोप्य सूचना बेचियो?’
No ads found for this position


डिसी नेपाल
Facebook Comment