बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द हुनुपर्छ: महामन्त्री शर्मा

डिसी नेपाल
२४ जेठ २०८१ १२:२५
120
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्यूरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए।

स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन्।

‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि!, त्यही तहमा रहेको पार्टीका प्रतिनिधिहरूलाई भने हुन्छ नि। तिनले त्यहीँ भने भइगो नि, मेयरसाब संयमले बोल्नुस्। जेल बसेका नेताहरूलाई सम्मानले बोल्नुस्, तपाईंको शैली बदल्नुस्,’ शर्माले भने, ‘तर आफै सुनिनुभयो बोल्न।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *