पुनः मतगणना रोक्न माग गर्दै व्यास नगरमा मेयरले दायर गरे सर्वोच्चमा रिट

डिसी नेपाल
२४ जेठ २०८१ १८:३८
124
Shares

काठमाडौं। तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन्। उनले व्यासको पुनः मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। उनको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।

न्यौपानेले बिहिबार उच्च अदालत पोखराको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन्। उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन्। कांग्रेसबाट निर्वाचित भएका न्यौपानेविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुनः मतगणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए।

गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकाको पुनस्मतगणना गर्न आदेश दिएको थियो। निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ। असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै मिति तोकिदिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *