केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न राष्ट्रिय युवा संघको सर्कुलर जारी

डिसी नेपाल
२५ जेठ २०८१ १७:२६
176
Shares

काठमाडौं। राष्ट्रिय युवा संघले दुई दिन सम्म बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु कार्यान्वयन गर्न सर्कुलर जारी गरेको छ।

यही जेठ १९ र २० गते एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न सबै जिल्ला प्रदेश लगायत मातहतका समितिहरुमा सर्कुलर जारी गरिएको सचिव निरज पौडेलले जानकारी दिए।

युवा संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकाल र युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको उपस्थितिमा बसेको बैठकले नेताहरुको कार्यविभाजन गर्दै  कार्यदल गठनसहित विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *