योजना छनोट व्यवस्थित गर्ने कोशी प्रदेश सरकारको निर्णय
मोरङ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका योजना छनोट प्रक्रियालाई व्यवस्थित गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश ७५ को दफा ७ को उपदफा ६ बमोजिम प्रदेश विकास परिषद्को बैठक यही जेठ २९ गते बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लीलावल्लभ अधिकारीले जानकारी दिए।
संघीय सरकारबाट हस्तान्तरण भएका र प्रदेशका अधुरा, क्रमागत योजनाहरु, बहुवर्षीय आयोजनाहरु, चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न नभएका र बजेट अपुग भएका योजनाहरु पूरा गर्न संघीय सरकारसँग थप बजेट माग गर्ने निर्णय गरेको छ। यी योजनाहरु सम्पन्न गर्न रु दुई अर्ब तीन करोड ५० लाख ८७ हजार ससर्त अनुदान माग गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाइको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment