कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट (पूर्णपाठ)

डिसी नेपाल
१ असार २०८१ १७:३२
68
Shares

काठमाडौं। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शनिबार बसेको कोशी प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको मगरले जानकारी दिए।

त्यस्तै चालू खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका लागि ३ अर्ब रहेको उनले बताए। मन्त्री मगरले अनुमान गरिएको खर्चको स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्व ४ अर्ब ९८ करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख रुपैया रहेको छ।

त्यस्तै सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख, समपुरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख रुपैया प्राप्त हुने अनुमान गरिएको मगरले बताए। बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने उनले जानकारी दिए।

बजेटमा कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषिका लागि साढे दुई अर्व, स्वास्थ्यमा साढे तीन अर्ब, पूर्वाधारका लागि १० अर्ब रुपैया विनियोजन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *