बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यूके शिक्षा सम्बन्धी कार्यक्रम
काठमाडाैं। अन्तर्राष्ट्रिय अध्ययन साझेदारद्वारा यूके शिक्षा सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ। बेलायतमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि याे कार्यक्रम आयोजना गरिएको हाे।
यो कार्यक्रम २०२४ जुन १४ मा पिपलबोट, मध्य बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय अध्ययन साझेदारको परिसरमा आयोजना गरिएको थियाे। कार्यक्रममा यूके विश्वविद्यालयका प्रवेश अधिकारीहरूसँग भेट गर्न ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति थियो।
यूके शिक्षा प्रणालीसम्बन्धी जानकारी सत्र पछि इच्छुक विद्यार्थीहरूलाई व्यक्तिगत परामर्श सत्र पनि दिइएकाे थियाे। काठमाडौं बाहिरका विद्यार्थीहरूको अत्यधिक चासोलाई ध्यानमा राख्दै, अनलाइन सत्रहरू र टेलिफोनिक कुराकानी पनि जानकारी आदानप्रदान गर्नको लागि आयोजना गरिएकाे थियाे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment