दशौं अन्तर्राष्ट्रिय योग दिवसः प्रधानमन्त्रीसहित शिक्षा मन्त्रीको सामूहिक योग ध्यान(तस्बिरहरु)

डिसी नेपाल
७ असार २०८१ ११:०८
164
Shares

काठमाडौं। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। योग दिवस मनाउन सरकारले शिक्षामन्त्री श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो।

प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री सुमना श्रेष्ठ, सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्तासहितले सामूहिक रुपमा योग ध्यान गरेका छन्।

संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र संघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *