भक्तपुरको ओम वृद्धाश्रममा जेए ग्रुपको खाद्य सामग्री सहयोग

डिसी नेपाल
१६ असार २०८१ १७:३६
124
Shares

काठमाडौं। जेए ग्रुपले भक्तपुरको ओम वृद्धाश्रममा खाद्य सामग्री वितरण गरेको छ । जेए ग्रुपलेअसार १५ अर्थात धान दिवसका अवसरमा वृद्धाश्रममा २१ जना वृद्ध वृद्धा तथा आश्रमका कर्मचारीलाई समेत दहिचिउरा, मिठाइ, फलफुल तथा अन्य खाद्यान्न वितरण गरेको हो।

जेए ग्रुप विभिन्न समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको छ। यसअघि २ जना क्यान्सर पिडितलाई जनही ५० हजारका दरले आर्थिक सहयोग समेत गरेको थियो । यसै वर्षदेखि प्रत्येक महिना कम्तिमा एउटा सामाजिक कार्य गर्ने घोषणा समेत जेए ग्रुपले गरेको छ।

४८ वर्षअघि लप्सीका बियाँ निर्यात गर्ने जितबहादुर श्रेष्ठले एनबीबाट बाहिरिएर जेए ग्रुपमार्फत व्यवसाय विस्तार गरेका हुन्। जेए ग्रुप कृषि, पर्यटन, जलविद्युत, बैंकिङ र औद्योगिक क्षेत्रमा लगानी गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *