दूतावासको वेबसाइट ह्याक गर्ने ७ जना पक्राउ

डिसी नेपाल
१९ असार २०८१ ९:५२
72
Shares

काठमाडौं । नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गर्ने ७ जना पक्राउ परेका छन्।

दूतावासले भिसाका लागि वेबसाइटमा हप्तामा दुई दिनमात्रै खोल्ने भएपछि बिचौलियाहरूले वेबसाइट नै ह्याक गरेर सेवाग्राहीबाट भिसाको डेट लिइदिएबापत प्रतिव्यक्ति ३० हजार देखि ४० हजारसम्म लिने गरेको पाइएपछि छापा मारेर ७ जना बिचौलियालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

दक्षिण कोरियाली दूतावासका अधिकारीहरू सीआईबीमा नै पुगेर दूतावासको बदनाम हुने गरी बिचौलिया हाबी भएकाले कारबाही गर्न लिखित अनुरोध गरेपछि हामीले छापा मारेर ती बिचौलियालाई पक्राउ गरेको स्रोतले जानकारी दियो ।

प्रहरीले उनीहरूविरुद्ध साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाइएको पनि सीआईबीले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *