नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि
उर्लेको नारायणी
नारायणगढ, २२ असार ः गएरातिदेखि अविरल बर्षाका कारण नारायणगढस्थित नारायणी नदीमा आएको बाढी । यतिबेला नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरी खतरा उन्मुख रहेको छ । तस्बिर ः सनद अधिकारी÷रासस
चितवन। निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ। देवघाटमा आज दिउँसो ४ः४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ। सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ।
बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ। एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिए।
‘निरन्तर वर्षा भइरहेको छ। नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ। त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ’, पोखरेलले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment