एसईईमा दिक्षालय नेपाल फाउन्डेसन बुढानिलकण्ठ प्रथम

डिसी नेपाल
२३ असार २०८१ १२:२०
420
Shares

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका-११ मा रहेको दिक्षालय नेपाल फाउन्डेसन एसईई परीक्षाको नतिजाको आधारमा बुढानिलकण्ठ नगरपालिकाकै प्रथम र काठमाडौं जिल्लाकै तृतीय स्थान प्राप्त गर्न सफल भएको छ।

काठमाडौं जिल्ला शिक्षा समन्वय समितिले प्रकाशन गरेको काठमाडौं जिल्लाको एसईई परिक्षाको औसत जिपिएको नतिजाको आधारमा दिक्षालय नेपाल फाउन्डेसन उत्कृष्ट बन्न सफल भएको हो।

काठमाडौं जिल्ला शिक्षा समन्वय समितिले प्रकाशन गरेको सुचना अनुसार दिक्षालय नेपाल फाउन्डेसनले ३.८३ औसत जिपिए प्राप्त गर्न सफल भएको छ।

त्यसै गरि रिलायन्स इन्टरनेसनल एकेडेमीले ३.७६ ,नेसनल ब्लुमिङ फ्लावर एकेडेमीले ३.७२, फेरील्याण्ड इन्टरनेसनल एकेडेमीले ३.७१, काठमाडौं विद्यालयले ३.७१, बुढानिलकण्ठ स्कुलले ३.६९ र जोसेफ माविले ३.६८ औसत जिपिए प्राप्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *