कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध
मान्म। वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको पहिरो अझै पन्छाउन सकिएको छैन।
यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नं ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए।
पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। ‘केही ठाउँमा घर भत्किएको खबर आएको छ’, उनले भने– ‘बाढी पहिरोको जोखिम रहेका बस्ती सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment