मुख्य सचिव नियुक्तिमा असन्तुष्टि: ज्ञवालीपछि सचिव भट्टराईले पनि दिए राजीनामा
काठमाडौं। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन्।
उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन्।
यस अघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment