काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

डिसी नेपाल
१२ असोज २०८१ ८:४५
296
Shares

काभ्रे। काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ।

पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ। मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो।

पहिरोमा परेर ४ जना बेपत्ता छन्। थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ। भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ। स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ।

रातको समय र निरन्तर पहिरो गइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *