सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
काठमाडाैं। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयाघातका कारण गएराति उनको निधन भएको हो।
काठमाडौंको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघात भएपछि पूर्वन्यायाधीश वस्तीलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले त्यहाँ पुग्नेबित्तिकै मृत घोषणा गरे।
हाल पूर्वन्यायाधीश वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमै छ। छोरा विदेशबाट आउन लागेकाले आइतबार मात्रै उनको अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ। ७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment