आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना (तस्बिरहरू)

डिसी नेपाल
१० जेठ २०८२ १५:४१
104
Shares

रामेछाप । ओखलढुङ्गाको लिखु गाउँपालिकाको पोकलीमा रहेको पोकली झरना अहिले पर्यटकीय गन्तव्यको थलो बनेको छ।

पोकलीसम्म पुग्ने सडक र छाँगामा जाने सिँढी लगायतका संरचनाहरू बनेपछि झर्न हेर्न आउनेको सङ्ख्या बढेको छ।

काठमाडौं र तराइबाट पोकली जान चाहनले रामेछापको मन्थली– सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गा प्रवेश गरेर पोकली झरना पुग्न सक्दछन्। ओखलढुङ्गाको सदरमुकामबाट पनि पोकली आउन सकिन्छ।

समुन्द्र सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको पोकली झरना करिब १ सय ३० मिटर अग्लो छ। पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो। कर्णाली प्रदेशको कालिकोटस्थित १ सय ४८ मिटर उचाइको पचल झरना नेपालको सबैभन्दा अग्लो झरना हो।

पोकली झरनाको प्रचारप्रसारका लागि गरिएको पोकली पर्यटकीय महोत्सव तथा प्रचार प्रसारको कारण पनि मानिसहरू सो झर्ना हेर्न पुग्ने गर्दछन्। लोकसेवामा पोकली झरना ओखलढुङ्गामा पर्छ भन्ने पढेको कारण झरना हेर्न आएको सल्यानकी कमला क्षेत्री बताउँछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.