राजावादी आन्दोलनमा घुसपैठ गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । राजावादीको आन्दोलनमा घुसपैठ गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
राजावादीहरूले आन्दोलन थालेको तेस्रो दिन घुसपैठ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ। उनको परिचय खुलाइएको छैन। राजसंस्था पुनर्स्थापनासहितको माग राखेर १५ गतेदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ।
राजावादीहरूको आन्दोलन अहिले नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment