पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य बढाइएको छ।
यस्तै निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २२ डलरका दरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ भने डिजेल/मट्टितेल पहिलो वर्गमा १४०.५०, दोस्रोमा १४३ र तेस्रोमा १४३ रुपैयाँ भएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment