पानीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

डिसी नेपाल
४ असार २०८२ १२:५४
392
Shares

नवलपुर । डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ।

सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरि अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी सञ्चालन भएकोमा मंगलबार रातिको बाढीले फेरि डाइभर्सन बगाउँदा सडक पूर्णरुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

तत्काल सडक सञ्चालनको सम्भावना नरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे र बाढीको बहाव नघटेकाले समस्या थपिएको नेपालले बताए।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २ सय ४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदैआएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.