गोलन्जोरका कार्यकारी अधिकृतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । गोलन्जोर गाउँपालिकाका कार्यकारी अधिकृतविरुद्धको मुद्दा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सर्वोच्च अदालत पुगेको छ।
घुसररिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियार सर्वोच्च पुगेको हो।
गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार आलेसमेतका प्रतिवादीविरुद्धको मुद्दामा अख्तियार सर्वोच्च पुगेको हो।
आलेले कमलामाई नगरपालिका–६ स्टलबजारस्थित धु्रव इलोक्ट्रोनिक्ससँग सोलार खरिदमा एक लाख ५१ हजार घुस लिएको अभियोगमा यसअघि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment