भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपनको संकेत हो : सांसद नेपाली
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरण जस्तो गम्भीर विषयमा सरकार मौन बसेर लाचारीपनको संकेत दिएको आरोप लगाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरुलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधीक गिरोहसँग सरकारको कुनै सांगांठ त छैन् भन्दै आशंका व्यक्त गरे।
‘सरकारहरु फेरिन्छन्। मन्त्रीहरु फेरिन्छन्। तर मानव तस्करहरु सँधै उन्मुक्त किन हुन्छन् ? यो प्रश्न हाम्रो अगाडि गम्भीर रुपमा उभिएको छ। भिजिट भिसा प्रकरण अपराध मात्र होइन्। मानवताको घोर अपमान हो। दुःखको कुरा अपराधीलाई कारवाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ। यस्तो गम्भीर विषयमा पनि दुई ठूला दल किन मौन छन ? यो सरकारको आपराधीक गिरोहसँग कुनै सांठगांठ त छैन्। कि यो तपाईहरुको लाचारीपनको संकेत हो,’ नेपालीले सरकारलाई पश्न गरे।







डिसी नेपाल







Facebook Comment