नेपालमा सधैँ मलको हाहाकार भइरहन्छ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन्। नेपाल डेरी एसोसिएसनले बिहीबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने बताएका हुन्।
गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन मल आएको बताए। बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्याउन सक्ने स्थिति नरहेको बताए।
उधारो दुध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुःखेसो समेत गरे। मन्त्री अधिकारीले चिस्यान केन्द्र, बीमा लगायतका धेरै समस्याहरू रहेको समेत बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment