पालैपालो १८ जना युवाको मृत्यु, सबै हृदयाघातबाट मरेको पाइएपछि अनुसन्धानको आदेश
काठमाडौं । कर्नाटकको हसन जिल्लामा एक महिनामा हृदयघातबाट १८ जनाको मृत्यु भएको छ। हृदयघातबाट मृत्यु हुनेहरूमा १८ देखि ४० वर्ष उमेरका युवाहरू थिए।
कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले यस विषयमा अनुसन्धानको आदेश दिएका छन्। यो अनुसन्धान जयदेव कार्डियोभास्कुलर साइन्सेस एण्ड रिसर्च इन्स्टिच्युटका निर्देशकको नेतृत्वमा गरिनेछ।
सीएनएन न्यूज १८ सँग कुरा गर्दै स्वास्थ्यमन्त्रीले भने, “हामीलाई यो थाहा हुने बित्तिकै हामीले अनुसन्धानको आदेश दियौं। हामी जान्न चाहन्छौं कि यसको पछाडिको कारण के हो ?”
उनले भने, “एक महिनामा हृदयघातबाट १८ जनाको मृत्यु भएको छ। एउटै जिल्लामा हृदयघातबाट यति धेरै मृत्यु हुनु चिन्ताको विषय हो। यी सबै मृत्यु एउटै जिल्ला, हसनमा भएका छन्।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment