सेती अस्पतालले भन्यो- डा. केसीमा देखिन थाल्यो कमजोरी, बोल्न र हिँडडुल गर्न असहज

डिसी नेपाल
९ साउन २०८३ २२:०६

धनगढी । तीन दिनदेखि धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा कमजोरी देखिन थालेको छ। सेती प्रादेशिक अस्पतालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शरीरमा कमजोरी बढेका कारण उनलाई बोल्न तथा हिँडडुल गर्न असहज हुन थालेको जानकारी दिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बिहानै कृष्ण मन्दिरको धर्मशालाबाट सेती प्रादेशिक अस्पतालमा सारिएका डा. केसीलाई हाल आईसीयूमा राखेर उपचार गरिएको छ। अस्पतालले चिकित्सकहरूको चार सदस्यीय टोली गठन गरी उनको २४ सै घण्टा सघन अनुगमन गरिरहेको जनाएको छ। साथै, चिकित्सकको सल्लाहविपरीत उनले सुगर बढाउने औषधि र स्लाइन लिन भने अस्वीकार गर्दै आएका छन्।

विभिन्न मागहरू राख्दै डा. केसीले बिहीबारदेखि धनगढीबाट अनशन सुरु गरेका थिए। यता, उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेललाई धनगढी पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *