ब्राजिलको राष्ट्रपतिको चुनाब हारेपछि पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिका भागे
काठमाडौं । आइतबार ब्राजिलको राष्ट्रपति चुनावमा पराजित भएपछि फ्लाभियो बोल्सोनारो देश छाडेर अमेरिकाको फ्लोरिडा पुगेका छन्।
अमेरिकी विदेश मन्त्रालयले बीबीसीलाई दिएको जानकारीअनुसार बोल्सोनारो र उनको परिवारलाई भिसा जारी गरिनेछ।
ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनांसियो लुला दा सिल्भाले बोल्सोनारोले देश छाडेर जानुलाई ‘लज्जास्पद’ भनेका छन्।
ब्राजिल प्रहरीका अनुसार सर्वोच्च अदालतको आदेशका बाबजुद आवश्यक कागजातहरू बुझाउन नसकेपछि बोल्सोनारोको पासपोर्ट रद्द गरिएको थियो।
लूलाले भ्रष्टाचारका आरोपहरूविरुद्ध परेको पुनरावेदन (अपील) अदालतले खारेज गरेपछि आफूलाई पासपोर्ट बुझाउन भनिएको र आफूले सोहीबमोजिम पासपोर्ट बुझाएको स्मरण गराए।
सन् २०१८ मा घुसखोरीसँग जोडिएको एक मुद्दालाई लिएर लूलाले पनि कानुनी लडाइँ लड्नुपरेको थियो।
लूलाले बोल्सोनारोले पनि कानुनको पालना गर्दै सोही प्रक्रिया अपनाउनुपर्ने बताए। उनले भने, “ब्राजिल उनको दोस्रो देश हो, उनको पहिलो देश अमेरिकाको चाप्लुसी गर्नु हो।”
सोही सम्बोधनका क्रममा लूलाले थपे, “जसले केही लुकाउनु छैन, उनीहरू डराउनुपर्ने कुनै आवश्यकता पनि छैन।”
बोल्सोनारोमाथि कथित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दाहरूमा छानबिन भइरहेको छ। यद्यपि, उनले यी आरोपहरूको खण्डन गर्दै आएका छन्।
दक्षिणपन्थी उम्मेदवार बोल्सोनारो वामपन्थी नेता लूलासँग राष्ट्रपति चुनावमा पराजित भएका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment