इरान युद्धको खर्च ४७.१ अर्ब डलर पुगेको पेन्टागनद्वारा अमेरिकी कंग्रेसलाई जानकारी

डिसी नेपाल
११ कार्तिक २०८३ १२:२०
8
Shares

काठमाडौं । इरानविरुद्धको युद्धमा भएको खर्च गत अक्टोबर १६ सम्ममा ४७.१ अर्ब अमेरिकी डलर पुगेको पेन्टागनले गत साता अमेरिकी कंग्रेसलाई जानकारी गराएको छ।

‘द न्युयोर्क टाइम्स’ का अनुसार बम, क्षेप्यास्त्र (मिसाइल) तथा अन्य युद्धसामग्रीमा भएको खर्च कुल रकमको ६० प्रतिशतभन्दा बढी रहेको छ।

पत्रिकाका अनुसार उसले यी तथ्याङ्कहरू अमेरिकी कंग्रेसका प्रतिनिधिहरूबाट प्राप्त गरेको हो।

उक्त रिपोर्टअनुसार अमेरिकी वायुसेनाले ७.६ अर्ब डलर र अमेरिकी नौसेनाले १.५ अर्ब डलर खर्च गरेका छन् भने अमेरिकी थलसेनाले यस क्षेत्रमा आफ्ना सैनिक तैनाथी कायम राख्नका लागि करिब २.१ अर्ब डलर खर्च गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *