शेयर बजारमा जियो प्लेटफर्म्सको भव्य प्रवेश, १,३५८ रुपैयाँमा सूचीकृत

डिसी नेपाल
११ कार्तिक २०८३ ११:०१
20
Shares

काठमाडौं । ब्लकबस्टर आईपीओ पछि आज जियो प्लेटफर्म्स ले सेयर बजारमा औपचारिक प्रवेश गरेको छ।

नेसनल स्टक एक्सचेन्ज मा जियो प्लेटफर्म्स लिमिटेड प्रतिसेयर १,३५८ रुपैयाँमा सूचीकृत (लिस्ट) भएको हो।

यस अवसरमा रिलायन्स इन्डस्ट्रिजकी गैर-कार्यकारी निर्देशक ईशा अम्बानीले आफ्ना पिता मुकेश अम्बानीले सन् १९७७ मा रिलायन्सको पहिलो पब्लिक इस्युमा काम गरेको स्मरण गरिन्।

ईशा अम्बानीले भनिन्, ‘रिलायन्सलाई सर्वसाधारण जनतासम्म पुर्‍याउने निर्णय मेरा हजुरबुबा धीरूभाइ अम्बानीको थियो। कम्पनीले त्यसबेला १० करोड रुपैयाँको मूल्याङ्कनमा २.८२ करोड रुपैयाँ सङ्कलन गरेको थियो।’

जियो प्लेटफर्म्स लिमिटेडको सेयर बजारमा सूचीकरणका क्रममा आयोजित ‘बेल रिङिङ’ समारोहमा रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानी, रिलायन्स फाउन्डेसनकी संस्थापक तथा अध्यक्ष नीता अम्बानी र एनएसईका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (एमडी र सीईओ) आशिष चौहानको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *