विदेशी भूमिमा स्वदेशको माया: मुगुका अक्कल बोहोराले स्पेनमा सञ्चालन गरे ‘रारा क्याफे’
काठमाडौं। विदेशमा रहेर पनि जन्मभूमिप्रतिको गहिरो प्रेम र समर्पणको एक उत्कृष्ट उदाहरण मुगुका स्थायी बासिन्दा अक्कल बोहोराले प्रस्तुत गरेका छन्। स्पेनमा ‘रारा क्याफे’ सञ्चालन गर्दै आएका बोहराले विदेशी भूमिमा कडा परिश्रम मात्र गरेका छैनन्, अपितु आफ्नो मातृभूमिको पहिचानलाई पनि विश्वसामु चिनाउने काम गरेका छन्।
धरतीकी अप्सराको उपमा पाएको मुगुको प्रख्यात रारा तालको नामबाट क्याफे सञ्चालन गर्नुले उनको स्वदेशप्रतिको अगाध मायालाई झल्काउँछ। जीवनको लामो समय विभिन्न संघर्षमा बिताएका बोहरा एक मेहनती र लगनशील ब्यक्तित्व हुन्। उनले यसअघि सशस्त्र प्रहरीमा सिपाहीको रूपमा देशको सेवा समेत गरेका थिए।
खाडी वा पश्चिमी मुलुकमा मात्र सीमित नरहेर स्पेनमा आफ्नै ब्यापार व्यवसायमा जमेका बोहरा केवल एक व्यवसायी मात्र होइनन्, उनी एक अन्तर्राष्ट्रिय धावक समेत हुन्।
खेलकुद क्षेत्रमा समेत आफ्नो देशको नाम उच्च राख्न सफल उनी विदेशी भूमिमा रहेर पनि आफ्नो जन्मभूमि मुगुप्रति निरन्तर आर्थिक सहयोग पुर्याउँदै आएका छन्। मातृभूमिप्रतिको उनको यो निष्स्वार्थ स्नेह र सामाजिक उत्तरदायित्वले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment