टेक्सासमा सीमा सुरक्षा अधिकारीमाथि आक्रमण, जवाफी कारबाहीमा आक्रमणकारी मारिए

डिसी नेपाल
२४ असार २०८२ १४:४६
76
Shares

काठमाडौं । अमेरिकाको गृह सुरक्षा विभागले सोमबार बिहान टेक्सासको सीमा गस्ती केन्द्रमा गोली चलाउने एक व्यक्तिको जवाफी कारबाहीमा मृत्यु भएको बताएको छ।

प्रहरीले आक्रमणकारीले राइफल र अन्य हतियार बोकेको बताएको छ। आक्रमणमा दुई अधिकारी र अर्का एक कर्मचारी घाइते भएका छन्।

अधिकारीहरूले तीनै जनालाई उपचारको लागि अस्पताल पठाए। गोलीबारी अमेरिका-मेक्सिको सीमा नजिकै टेक्सासको म्याकएलेनमा भएको थियो।

म्याकएलेन प्रहरीले संदिग्ध व्यक्ति २७ वर्षीय रायन लुइस मोस्केडाको रूपमा पहिचान गरेको छ। प्रहरीले संदिग्ध व्यक्तिको कुनै आपराधिक रेकर्ड नभएको र उनी मिशिगनका बासिन्दा भएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.