कथा : क्रान्तिकारी
क्यान्टिनमा गएर खाजा खाने पैसा नभए पछि म महेन्द्र मोरङ कलेज बिराटनगरको प्रांगणमा एक्लै टहलिहेको थिएँ। बिहानी सत्रमा हाम्रो
पढाई हुन्थ्यो। म वाणिज्य सकांयको विद्यार्थी थिएँ। विज्ञान र मानविकी सकांयको पढाई दिवा सत्रमा हुन्थ्यो।
पूर्वी पहाड र पूर्वी तराई का जिल्लहरुका अधिक विद्यार्थी हुने यस कलेजमा अनेरास्ववियुको पकड थियो। स्व.वि.यु सभापतिसहित प्यानलै अनेरास्ववियु ले जितेको थियो।
विद्यार्थी भर्ना छात्रवृत्ति छनौट र छात्रवास सिफारिस स्व.वि.यु को संलग्नता विना सम्भव नै थिएन। क्याम्पस प्रशासनले एक्लौटी काम गरे बन्द हड्ताल हुन्थ्यो। क्याम्पस प्रशासनले स्व.वि.यु सँग समन्वय गर्नै पथ्र्यो।
साथीहरु क्यान्टिनबाट खाजा खाएर फर्कँदै थिए। क्लास सुरु हुनै लागेको थियो। म कक्षाकोठामा प्रवेश गरेँ। साथीहरु प्रवेश गरी सक्दा नसक्दै सर आइपुग्नु भयो।
सेक्सन एफ को क्लास ब्लक ३ को ३ नं. कोठामा नै हुन्थ्यो। म सेक्सन एफमै थिएँ। प्रत्येक सेक्सनमा ४० जना विद्यार्थी थिए। मेरो रोल नं. २०१ थियो। म भोजपुरबाट आएको विद्यार्थी थिएँ। मेरो डेरा मिनी होस्टेलमा थियो।
बिराटनगर मेरो लागि नयाँ ठाउँ थियो। मैले नयाँ ठाउँमा आफूलाई सेटल गर्नु थियो। मेरा साथीहरु खोटाङ, ओखलढुंगा, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका थिए। सबै साथीहरु अनेरास्ववियुमा आवद्ध थिए।
म मात्रै अछुतो रहने कुरा भएन। म पनि अनेरास्ववियुमै आवद्ध भएँ। कमिटीहरु निर्माण हुन थालेँ। साथीहरुले मलाई प्रारम्भिक कमिटीको सचिवको जिम्मेवारीमा राखे। मैले जानी नजानी सचिवको भूमिका निर्वाह गर्न थालें।
अनेरास्ववियु पञ्चायत विरोधी संगठन थियो। कतिपय कामहरु भूमिगत शैलीमा सम्पन्न गर्नु पथ्र्यो। पुलिस प्रशासन र पञ्चहरुको आँखा छल्नु पथ्र्यो। पक्राउ परिएला भन्ने डर हुन्थ्यो। कति साथीहरु पक्राउ खाएर जेलमा थिए। पार्टीहरु प्रतिबन्धित थिए। नेता पनि भूमिगत नै थिए।
म कोठामा एक्लै बस्थे। कोठाको वहाल ९० रुपैयाँ थियो। कोठामा पंखा थिएन। गर्मीको बेला बस्न सुत्न गाह्रो हुन्थ्यो। पंखा किनेर हाल्ने सामथ्र्य थिएन। खाना खानकै लागि संघर्ष गर्नु पर्थ्याे। घरबाट खटाएर ल्याएको पैसा वाहाल तिर्दा, कलेज फि तिर्दा र खानामा सीमित हुन्थ्यो।
बचेको रकमले कपी कलम र पुस्तक किन्नु पर्थ्याे। मार्क्सवादी दर्शन साहित्य र रातो किताब नपढी अनेरास्ववियुको खाटी कार्यकर्ता हुनै सकिँदैनथ्यो। आचरण, खानपान र आफूले गर्ने व्यवहार मार्क्सवादी दर्शन साहित्य र राता किताबले निर्देशित गरेका हुन्थे।
भौतिकवादी दृष्टिकोणप्रति प्रतिबद्ध भई देश र जनताको पक्षमा आवाज उठाउन र संघर्ष गर्न पनि ती पुस्तकहरुले नै मार्ग निर्देशित गरेका हुन्थे। अतः अन्य खर्च कटाएर ती पुस्तक किनेर पढ्नु पर्थ्याे।
म साहित्यमा विशेष रुचि राख्थे। म कथा कविता लेख्थे। मेरा कथा कविता सुन्न साथीहरु भेला हुन्थे। छापाको पर्याप्तता थिएन। मैले लेखेका रचना प्रतिबन्धित जस्तै हुन्थे। प्रगतिशील साहित्यको ट्याग लगाएर छाप्नै हिच्किचाउँथे। अनेरास्ववियु प्रारम्भिक कमिटीले भित्ते पत्रिका प्रकाशन गथ्र्यो। मेरा कथा कविता त्यहाँ छापिन्थे।
कलेजमा एक महिने जाडो छुट्टी थियो। लामो छुट्टी भएकै कारण मैले घर जाने योजना बनाए। यातायात सुविधा थिएन। हिलेसम्म गाडीमा गएर डेढ दिन हिँडेपछि मात्रै घर पुगिन्थ्यो।
घरमा हजुरआमा, बुबा, आमा, र भाइबैनीहरु थिए। हजुरआमा वृद्ध रोगी हुनुहुन्थ्यो। बुबा प्रा.वि. शिक्षक हुनु हन्थ्यो। आमा गृहिणी हुनु हुन्थ्यो। भाइबैनीहरु पढ्दै थिए।
बिश्लेषण गर्दा हाम्रो परिवार निम्न मध्यम वर्गीय परिवारमा पथ्र्यो। सुरुबुरु खान लाउन पुग्ने। अधिकाशं परिवारहरु निम्न वर्गीय थिए। खान लाउन धौ धौ पर्ने। उनीहरुको जीवन सहज थिएन। साहुको ऋण र पच्चिसा नखाई जीविका नै चल्थेन।
अशिक्षा र गरिबीको शिकार बनाइएका थिए तिनीहरु। पाप धर्मको लेखो लगाएर उनीहरुलाई काबुमा राखिएको थियो। साहु महाजनको आँगन नचाहारी उनीहरुको हात मुख जोडिदैनथ्यो तिनीहरु दास जस्तै थिए।
अशिक्षा, गरिबी र अन्धविश्वासले आक्रान्त समाज परिवर्तनका क्षेत्रमा समेत अनेरास्ववियुले आफ्ना गतिविधि सञ्चालन गर्ने भनी सपथ लिएका म जस्ता अनेरास्ववियुका कार्यकर्ता देशैभरी छरिएका थिए।
आ-आफ्नो ठाउँमा जनता संगठित गरी क्रान्तिको जग निर्माण गर्नु त्यति सहज थिएन। तथापि म र मेरा साथीहरु गाउँ जागरण अभियानमा खटिएका थियौं।
किसानको घरमा दिनहु जाने। किसान सँगै खाने। किसानका कुरा ध्यान पूर्वक सुन्ने। किसानलाई मुक्ति सम्भव छ भनी आश्वस्त पार्ने काम प्रारम्भिक चरणका कार्यहरु थिए। किसानहरु आश्वस्त भई जागृत भएपछि उनीहरुको सङ्गठन निर्माण गराउने दोस्रो चरणको कार्य भित्र पर्थ्याे।
नियमित बैठक गराई प्रशिक्षित गराइ सकेपछि आन्दोलनमा उतार्नु तेस्रो तथा अन्तिम चरणको कार्य पथ्र्यो। यी तीन चरणका कार्य सम्पन्न गर्न वर्षौं लाग्न सक्थ्यो। एउटा गाउँ उठेर केही नहुने । देशव्यापी गाउँहरु उठ्नु पर्थ्याे। एक साथ क्रान्ती नछेडे परिवर्तन र मुक्ति सम्भव थिएन।
एक महिनाको समय मैले किसानहरु सँगै बिताएँ। किसानहरुको दिनचर्या नजिकै बाट नियाले किसानका समस्या समाधान गर्न सघाएँ। किसानहरुलाई म प्रति आकर्षित बनाएँ। किसानहरु मेरा कुरा गम्भीरता पूर्वक सुन्न थालेका थिए। मेरो छुट्टी सक्कि सकेको थियो। मैले बिराटनगर जानै पथ्र्यो। म बिराटनगर आएँ।
मेरो राजनैतिक जीवन सुरु भै सकेको थियो। म संगठन विस्तार र निर्माण गर्न जाँदा आउँदा अर्धभूमिगत शैलीमा हिँड्थे। नेताहरुसँग सम्पर्क भइसकेको थियो। सेल्टर खानपिनको बन्दोवस्ती होसियारी पूर्वक गर्नु पथ्र्यो। नेताहरु मेरै कोठामा पनि सुत्ने गर्थे।
नेताहरुको औपचारिक नाम थाहा हुन्थेन। भूमिगत नामबाट मात्रै परिचय हुन्थ्यो। सामन्तबाद, साम्राज्यबाद, विस्तारबाद, दलाल पुजिपति, वर्ग संघर्ष, समाजवाद, साम्यवाद, राष्ट्रिय परिवेश, अन्तर्राष्ट्रिय परिवेश र गणतन्त्र प्राप्ति जस्ता विषयमा प्रशिक्षण दिइन्थ्यो।
मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, होची मिन्ह, फिडेल क्यास्ट्रो, किम इल सुङ, चे ग्वाभेरा, गोर्की, चारुम मजुमदार र पुष्पलालहरुका जीवनी पढाइन्थ्यो। स्वभावैले मेरो युवा जोश आक्रोशमा परिणत हुन्थ्यो। म मर्न मार्न तयार हुन्थे। मलाई लाग्थ्यो वर्गीय मुक्ति क्रान्तिको न्यूनतम् र अनिवार्य शर्त हो।
म क्रान्तिकारी भएको कुरा घरमा थाहै थिएन। हाम्रो परिवार पनि परम्परागत शैलीमा चलिरहेको थियो। ईश्वरीय शक्ति सब थोक हो भन्ने भ्रम थियो। मैले पहिलो क्रन्ति आफ्नै घर परिवारमा गर्नु थियो। अन्धविश्वास र अन्ध परम्पराको अन्त्य गर्नु थियो। घर परिवार नै चेत शून्य भयो भने मैले गर्ने क्रान्ति कसरी सफल हुन्थ्यो र?
म बिस टेक्दै थिएँ। बिस वर्ष भनेको कति परिपक्व उमेर हो र? तथापि प्रशिक्षण, जिवनी अध्ययन, माक्र्सवादी दर्शन र साहित्य अध्ययनले परिपक्व बनाउँदै लगेको थियो। भोका नांगाहरुको जीवन रक्षार्थ म बोल्न सक्ने भएको थिएँ। नोकर शाही प्रवृत्ति विरुद्ध औँला उठाउन सक्ने भएको थिएँ।
एक समय बुर्जुवा शिक्षा बहिष्कार गर्ने रणनीति थियो रे। अहिले बुर्जुवा शिक्षै भए पनि उपयोग गर्ने रणनीति थियो। म बुर्जुवा शिक्षा उपयोग गर्ने रणनीति बमोजिम अनेरास्ववियुकाे गतिविधिमा संलग्न रही पढिरहेको थिएँ।
उच्च शिक्षा हाँसिल गरी मैले कुशल सङ्गठक बन्नु थियो। संगठन निर्माण नै पार्टीहरुको आधार स्तम्भ हुन्थ्यो। सङ्गठन निर्माण नभई राजनिति गर्न सहज हुन्थेन। लेफ्टिस्ट राजनिति गर्न त संगठन नभई सम्भवै थिएन।
गाउँ गाउँमा सेल कमिटी निर्माण गर्ने प्रकृया अगाडि बढाइएको थियो। किसानहरु सेल कमिटीमा संगठित भइरहेका थिए। किसानहरु पीडादायी जीवनबाट चाँडो मुक्ति चाहान्थे। किसानहरुका घर खेत बन्दकमा थिए। छोराछोरी विद्यालय जान पाउने परिस्थिति थिएन।
किसानहरु कम पारिश्रमिकमा काम गर्न बाध्य थिए। वर्षेनि ऋण थपिन्थ्यो। ऋणबाट छुटकारा पाउने उपाय भेटिरहेका थिएनन। किसानका यिनै समस्यमा टेकेर किसान आन्दोलन उचाइमा पुर्याउन सकिन्थ्यो। किसान विद्रोह गराउन सके सत्ता पनि कायापलट गर्न सकिन्थ्यो।
मैले नेताहरुको गोप्य भेटमा किसान आन्दोलन बारे बढी चर्चा गर्थे। कतिपय नेताहरु किसान पृष्ठभूमि बाटै आएका थिए। उनीहरुलाई नै किसान आन्दोलनको जिम्मेवारी दिइएको थियो।
उनीहरु शिक्षक विद्यार्थीको संलग्नतामा भूमिगत ढंगले गाउँ गाउँमा किसान आन्दोलनका गतिविधि सञ्चालन गराइ रहेका थिए। नेतालाई भन्दा शिक्षक विद्यार्थीलाई गाउँमा संगठन गर्न सहज थियो। शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध थिए। यो वैधानिक संस्थाको रुपमा दर्ता भएको थियो।
कलेजमा प्रमाण पत्र तहको अन्तिम वर्ष चलिरहेको थियो। म साङ्गठानिक कार्य व्यस्तताले नियमित कलेज गइरहेको थिइन। मेरा केही क्लासहरु छुटेका थिए। मैले साथीहरुको सहयोगमा छुटेका क्लासलाई पूरा गरें।
प्रथम वर्षको नतिजा आइ सकेको थियो। म द्वितीय श्रेणीमा उत्तीर्ण भएको थिए। म पढाईप्रति उत्साही भइरहेको थिएँ। मलाई प्रथम वर्षको नतिजाले उत्साही बनाएको थियो।
एस.एल.सी. उत्तीर्ण गर्ने वित्तिकै मलाई घरबाट लोकसेवा दिन दबाब आएको थियो। मैले पढ्ने जिद्दी लिएँ। भोजपुरमै पढ्नु पर्ने प्रस्ताव अस्वीकार गरी म बिराटनगर झरेको थिएँ। बिराटनगरले मलाई राजनीति सिकायो। बिराटनगरले मलाई क्रान्तिकारी बनायो।
द्वितीय वर्षको परीक्षा भइसकेको थियो। द्वितीय वर्षको नतिजा पनि आयो। म उत्तीर्ण हुन सकिन। मेरो विजिनेस म्याथ म्याटिक्स बिग्रेछ। अंग्रेजी बिग्रे जस्तो लागेको थियो। शंकै नगरेको विषय विग्रियो। मौका परीक्षाको व्यवस्था थिएन। पूरै एक वर्ष कुरेर परीक्षा दिनु पर्थ्याे।
मैले डेरा छाडिसकेको थिएँ। म बलिया सल्दिदी (फुपू) को घरमा बसेर परीक्षा तयारी गरिरहेको थिएँ। भान्जो भाइ कोविद पनि बिराटनगर पढ्थे। उनको र मेरो विचार र सिद्धान्त मिल्थ्यो। घन्टौंसम्म हामी अध्ययन र छलफल गर्थ्याैं।
सांगठनिक कामको सिलसिलामा म बिराटनगर आउने जाने गर्थे। गाउँ तिरको अवस्था चिठ्ठी मार्फत बुझिरहेकै थिएँ। किसानहरुको मनोबल उच्च रहिरहेकै थियो। कोविद पनि लेख्थें। म पनि लेख्थें।
सांगठनिक कामको सिलसिलामा मैले धनकुटा जानु पर्ने भयो। बिधान, पर्चा, प्रगतिशील पुस्तक र रेडबुकले झोला भरिएको थियो। फोनको सुविधा थिएन। धनकुटामा सम्पर्क भएकै थिएन। यद्यपि धनकुटा बसपार्कमा साथीहरुसँग भेट्ने कुरा भएको थियो।
म इटहरीबाट गाडी चढेर धनकुटाको यात्रामा निस्किएँ। गाडी धरान भेडेटार हुँदै धनकुटा जान्थ्यो। गाडी भेडेटार पुग्यो। त्यहाँ प्रहरी चेकजाँच भइरहेको रहेछ। म आकस्मिक प्रहरीको चेकजाँचमा परें। मैले भाग्ने अवसर नै प्राप्त गर्न सकिन।
विधान, पर्चा र पुस्तकहरु बरामद गरी मलाई गिरफ्तार गरियो। हतकडी लगाइयो। अड्डा सारको नाममा रात परे पछि मलाई ट्रकमा हालेर धनकुटा चलान गरियो। म धनकुटा हिरासतको दुर्गन्ध र डी.एस.पी को अमानवीय व्यवहारबाट प्रताडित भएर रातभर जागै बसें।
















Facebook Comment