लघुकथा : जीवित देवता

प्रकाशचन्द्र खतिवडा
१७ माघ २०८२ ७:३९
120
Shares

“तिमी वाहियात नरिसाउन।” सरोजले अनितालाई सम्झाउँदै भन्यो। “रिसाउँछु के, नरिसाएर के गरुँ? तास खेल्न कहिल्यै छोड्ने हैन? घर व्यवहारमा भर थेग छैन। आमा बालाई खै समय दिएको?” अनिता दुःखेसो पोख्छे।

अनिता सहकारीमा काम गर्छे। सरोज मालपोतको हाकिम हो। यी दुई जोई पोइमा छेड छाड चलिरहन्छ। अनिताले भात भान्सा, लुगा कपडा धुने र नानी विद्यालय पठाउने जिम्मेवारी निर्वाह गर्नुपर्छ। सरोज पकाएको खाएर अफिस जाने मात्रै हो। किन मेलको ढंगसमेत छैन।

विदाको दिन सरोज तास खेलेर बिताउँछ। घरको काममा अनितालाई सघाए नि हुने नि। सघाउँदैन। धन्न तलब चाहिँ अनिताको हातमा हालिदिन्छ। तलब हात लागेको दिन अनिता प्रफुल्लित हुन्छे र  भन्छे, “प्लीज तास नखेल्नुन।”

बुबा, आमाको वृद्ध भत्ता आए पनि छोरा छोरीको कमाइको आशा नै हुन्छ। सरोज र अनिता बुबा आमाको हातमा केही रकम हालिदिन चुक्छन्।

सरोज ठान्छ, बुबा, आमाको वृद्ध भत्रा आइ हाल्छ। आमा बुबालाई खर्चको समस्या हुँदैन। दुःख बिमार हँुदा हरेकै छु। आवश्यक सामाग्री किनी दिएकै छु। अनिता ठान्छे, सकेको स्याहार चाकर गरेकै छु तातो चिसो बनाएर दिएकै छु।

खान लाउन दिँदैमा बुबा, आमाप्रतिको उत्तरदायित्व पूरा हुँदैन। बाबु आमाको मनोभावना  बुझ्ने कोशिस गर्नुपर्छ। बात चित गर्ने, नयाँ ठाउँको भ्रमण गराउने, स्वास्थ्यमा समस्या आए उपचारको व्यवस्था मिलाउने जस्ता कामहरु तमाम गर्नु पर्छ।

बुबा आमालाई खुशी राख्न सके आशीर्वाद प्राप्त हुन्छ। बुबा आमा जीवित देवता हैनन् र?

सुन्दरहरैंचा-६, दुलारी, मोरङ    


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *