लघुकथा : परिकल्पना

प्रकाशचन्द्र खतिवडा
६ भदौ २०८३ ८:५१

“समरजी, घोरेटार युद्धमा अनपेक्षित हार बेहोर्नुका कारण के के हुन् सक्छन ? जमिनजीको साहदतलाई कसरी मूल्याङकन गर्ने ? दुश्मनलाई ढाल्न नसक्नु हाम्रो कमजोरी भएन र ?” दिपेशले जिज्ञासा राख्यो । दिपेशजी भूगोलको सही बिश्लेषण गर्न नसक्नु । फायर खोल्ने समय अनुकुल नहुनु । जमिनजी एक्लै अगाडि बढ्नु । छापामारहरु तोकिएको बिन्दुमा तोकिएको समय अगाबै पुग्नु । दुश्मनहरु नसुतेकै अवस्थामा आक्रमण सुरु गर्नु । हारका मुख्य कारण हुन सक्छन । जमिनजीको साहदत अनपेक्षित हुन गयो । सैन्य रणनीतिको पुनर्मूल्याङकन गरी ठोस बिश्लेषण गर्दै सैन्य संरचनालाई पुनर्ताजगी गर्नु पर्ने अवस्था बाट हामी गुज्रिएका छौँ ।” समरले पराजयका कारणहरु प्रस्तुत ग¥यो ।

समर शिक्षण पेसा परित्याग गरी क्रान्तिमा होमिएको हो । क्रान्ति बाटै सत्ता कब्जा गर्ने रणनीतिका साथ उसको पार्टीले शशस्त्र बिद्रोहको घोषण गरेको थियो । न्याय, समानता र मुक्ति प्राप्तिका लागि समर सँगै दर्जनौ युवा युवती भूमिगत भएका थिए । बिना, भूमि, राजेन्द्र, अनु, पृथ्वी, भक्त, राजन, शक्ति, प्रशान्त, समूल,दिपेश, निशान, निकाश, राकेश, स्वस्तिका, अर्चना, शिखा, अस्मिता, अनुराग, अग्नी, ज्वाला, क्रान्ति र अर्पणाहरु भूमिगत पात्र थिए ।

कोअर्डिनेटरको रुपमा भूमिगत शैलीमै समर भूमिगत योद्धाहरुलाई कमान्डिङ्ग गर्ने जिम्मवारी निर्वाह गरिरहेको थियो । खानपान सेल्टर र तालिमको संयोजन समेत उसको जिम्मेवारी भित्र पथ्र्यो । दुश्मनको आँखा छल्दै जनतालाई जागरुक बनाउँदै छापामार भर्ती अभियान चलाउने रणनीतिका साथ समरको टिम परिचालित थियो ।

छापामार गतिविधि बढे सँगै प्रहरी चौकीहरु बिस्थापित भएका थिए । सामन्त, सूदखोर र भ्रष्टाचारीहरु सुरक्षित अबतरणका लागि सदरमुकाम र सहर तिर बसाइ सरि रहेको थिए ।

समरको टिमले जनकार्यवाही अगाडी बढाए सँगै जाँड, रक्सी,जुवा, तास र रण्डीबाज जस्ता बिकृतिहरु समाप्तै भएका थिए । सुन्दर समाजको परिकल्पना समरहरुले पूरा गर्लान त ?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *