दसैँमा प्रशिक्षण र छठ पछि फिनाले: ‘मिस्टर एण्ड मिस लिटिल कोशी सिजन १०’ को तयारी तीव्र

डिसी नेपाल
२४ असोज २०८३ ८:०५

काठमाडौं।  जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको १० औँ संस्करणको बहुप्रतिष्ठित प्रतियोगिता ‘मिस्टर एण्ड मिस लिटिल कोशी सिजन १०’ का लागि यतिबेला धमाधम अडिसन भइरहेको छ। संस्थाका अध्यक्ष जय राज रायका अनुसार प्रतियोगिताका लागि ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले उत्साहजनक रूपमा अडिसनमा सहभागिता जनाइरहेका छन्।

यो अडिसन विशेषगरी विराटनगर, इटहरी, धरान, गछिया, विराटचोक, उर्लाबारी, दमक र बिर्तामोड लगायतका विभिन्न सहरहरूमा भइरहेको छ। बालबालिकाहरूको कला र क्षमता सही ढङ्गले मूल्याङ्कन गर्नका लागि ‘मिस कोशी’ का विजेताहरू, स्थानीय समाजसेवी तथा अनुभवी मिडियाकर्मीहरूलाई निर्णायक मण्डलमा राखिएको अध्यक्ष रायले जानकारी दिएका छन्।

अध्यक्ष रायले अडिसनको छनोट चरणबाट छानिएका प्रतियोगीहरूलाई बडादसैँको सार्वजनिक बिदाको समय पारेर विशेष प्रशिक्षणमा राखिने बताए। बालबालिकाहरूको पठनपाठनमा कुनै पनि किसिमको असर नपुग्ने गरी सम्पूर्ण तालिका मिलाइएको उनले स्पष्ट पार्दै, बालबालिकाभित्र अन्तर्निहित प्रतिभा बाहिर ल्याउने र उनीहरूमा आत्मबल बढाउने उद्देश्यले यो प्रतियोगिता विगतदेखि नै नियमित रूपमा आयोजना गर्दै आएको बताए।

आयोजकका अनुसार छनोट चरण र प्रशिक्षणको सम्पूर्ण प्रक्रिया पूरा गरी यस प्रतियोगिताको भव्य फिनाले (अन्तिम प्रतिस्पर्धा) छठ पर्व लगत्तै सम्पन्न हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *