लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

डिसी नेपाल
२३ असोज २०८३ १२:११
8
Shares

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट अध्यक्ष पदमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्।

महोत्तरीको बर्दिबासमा बिहीबार (असोज २२) देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष पदका लागि शर्माको मात्र एकल उम्मेदवारी परेकाले उनी शुक्रबार निर्विरोध चयन भएका हुन्।

लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्मा आफ्ना मौलिक लोकभाका, सामाजिक तथा व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत श्रोता-दर्शकमाझ निकै लोकप्रिय छन्। प्रतिष्ठानको साधारण सदस्य हुँदै विभिन्न जिम्मेवारी सम्हालेका शर्मा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष पदमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी र द्वितीय उपाध्यक्ष (साङ्गठनिक) पदमा पनि उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी कोषाध्यक्ष पदमा जुना शिरिष, सचिवतर्फ उत्तम शर्मा (प्रशासनिक), सुजन लम्साल (उपत्यका) र सूर्य खड्का (विदेश) तथा सहसचिव (साङ्गठनिक) मा कुमार राना निर्विरोध चयन भएका छन्।

निर्वाचन समितिका अनुसार सर्वसम्मत हुन नसकेका अन्य विभिन्न पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुने भएको छ। एक पद रहेको द्वितीय उपाध्यक्ष (प्रशासनिक) का लागि राधिका हमाल पुन र रमेशराज भट्टराईबिच प्रतिस्पर्धा हुँदै छ।

त्यसैगरी, एक महिलासहित आठ जना उपाध्यक्षका लागि देवी घर्ती, पूर्णकला बिसी, नवीन पौडेल, राजकुमार रायमाझी, श्रीकृष्ण बम मल्ल, खेम सेञ्चुरी, रामकृष्ण बम मल्ल, दीपक गरौजा मगर, घनश्याम रिजाल, खुमन अधिकारी, कृष्ण रेउले, रबिन लामिछाने, युवराज मगर र पुष्कल शर्मा गरी १४ जना चुनावी मैदानमा उत्रिएका छन्।

महासचिवको एक पदका लागि शिव हमाल र शिरिष देवकोटाबिच कडा भीडन्त हुने भएको छ भने दुई जना उपमहासचिवका लागि शङ्कर विरही गुरुङ, पीएन सापकोटा, ईश्वरीप्रसाद भुसाल र जीवन दाहाल गरी चार जना प्रतिस्पर्धामा छन्।

बाँकी नौ जना सचिवका लागि दिनेश काफ्ले, कुशल बेल्बासे, सम्झना लामिछाने मगर, सीता रानामगर, नवीनसिंह धामी, प्रेम शर्मा, राजकुमार खत्री, तारानाथ आचार्य, प्रकाश भट्ट, पदमबहादुर धामी, कृष्णप्रसाद गौतम, विष्णु घिमिरे, भरत बराकोटी र उषा सुवेदीबिच चुनावी प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, तीन जना सहसचिवका लागि पुरुषोत्तम भण्डारी, तिलक परियार, मनमाया वाइवा, सुशीला गौतम, रेशम निर्दोष र गोविन्द भट्टराई तथा तीन जना सहकोषाध्यक्षका लागि सम्झना भण्डारी, कुमार पुन मगर, हरिकला लम्साल र जानुमाया तामाङ भिडेका छन्।

कुल ३३ जना केन्द्रीय सदस्यका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी परेको छ। १६ खुला केन्द्रीय सदस्यका लागि मदन परियार, राजेश बर्देवा, ईश्वर सिंह, सूर्यबहादुर थापा, सपना सुनाम, रवि कार्की, शम्भु कुँवर, ओवि रायमाझी, मोहन खड्का, खगेन्द्र नेपाल, युवराज चौलागाईं, प्रकाश पराजुली, बालचन्द्र बराल, कला पंगेनी, कमल बि.सी. (माल्दाइ), रामकुमार नेपाली, भरतबहादुर पौडेल क्षेत्री, सुमन परियार, नरेश खाती, सुमन पण्डित वैरागी र अनुज अधिकारी गरी २१ जना प्रतिस्पर्धामा छन्।

सात महिला सदस्यका लागि कालिका रोका, टिका सानु, प्रतिमा अर्याल, निरु श्रीष मगर, कविता खत्री, सुनितामी परियार, हेमन्ता भट्टराई र शान्तारानी परियार चुनावी मैदानमा छन्।

त्यस्तै, सात प्रदेश सदस्यका लागि लालबहादुर धामी (अछामे बुढो), भीमसेनप्रसाद खतिवडा, बलकुमार श्रेष्ठ, तुलसी क्षेत्री, वासुदेव सिंखडा, दीप मगर, ईश्वरीप्रसाद पन्त, हरिमाया कार्की, जयबहादुर रावल र अमृतकुमार अनमोलबिच भीडन्त हुँदै छ।

उपत्यकातर्फ एक सदस्यका लागि अर्जुन थापा र विदेशतर्फ दुई सदस्यका लागि गोविन्द ढकाल, विजय के.सी., महेन्द्र न्यौपाने र ललित गिरी चुनावी प्रतिस्पर्धामा छन्।

गायक राजकुमार लामिछानेका अनुसार बाँकी पदहरूको मतदान प्रक्रिया केही बेरमै सुरु हुँदै छ र असोज २४ गते शनिबारसम्ममा नयाँ कार्यसमितिको पूर्ण नामावली घोषणासहित महाधिवेशन सम्पन्न हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *