कांग्रेस महाधिवेशन : पहिलो दुई घण्टामा १ हजार २९३ मत खस्यो
काठमाडौं। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा सुरुवाती दुई घण्टाको अवधिमा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० बजेदेखि १०:३० बजेसम्म प्राप्त तथ्यांक अनुसार देशका विभिन्न प्रदेशबाट सो सङ्ख्यामा मतदान भएको हो।
क्षेत्रगत विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा २५७, लुम्बिनी प्रदेशबाट २०२, गण्डकी प्रदेशबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
हाल मतदान प्रक्रिया शान्तिपूर्ण र निर्वाध रूपमा अघि बढिरहेको छ। नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको यस मतदानमा सभापतिसहित अन्य पदाधिकारी तथा सदस्य पदका लागि महाधिवेशन प्रतिनिधिहरूले उत्साहजनक रूपमा सहभागी भई मतदान गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment