नयाँ बसपार्कमा अग्रिम टिकट लिने यात्रुको घुइँचो (तस्बिर)

डिसी नेपाल
२३ असोज २०८३ ९:५५

काठमाडौं।  वडादशैं तथा तिहारजस्ता ठूला चाडपर्वका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलेसँगै राजधानीको नयाँ बसपार्कमा टिकट काट्ने यात्रुहरूको बिहानैदेखि ठूलो भीड लागेको छ।

लामो तथा मध्यम दूरीका सवारीसाधनमार्फत गृहजिल्ला फर्कन चाहने सर्वसाधारणको बसपार्क परिसरमा बाक्लो उपस्थिति छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुसार देशका विभिन्न भागमा जाने लामो तथा मध्यम दूरीका गाडीहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो। गत मंगलबार यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायीहरूबीच भएको सहमति अनुसार आजदेखि यो व्यवस्था लागू गरिएको हो।

चाडपर्वको समयमा बसपार्क र आसपासका क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। यात्रुको भीडभाडलाई मध्यनजर गरी शान्तिसुरक्षा कायम राख्न सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए।

सबै तस्बिर : हरिराम भेटुवाल/रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *