पोखरामा स्कुल बस दुर्घटना: मृत्यु हुनेको संख्या ५ पुग्यो

डिसी नेपाल
२३ असोज २०८३ ९:३३

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। यसअघि ३ जनाको मृत्यु भएको अस्पतालका चिकित्सकहरूले घोषणा गरेकोमा थप २ जना बालिकाको ज्यान गएपछि मृतकको संख्या ५ पुगेको हो। घटनाबारे जानकारी दिँदै कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले थप दुई बालिकाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका हुन्।

दुर्घटनामा घाइते भएका अन्य यात्रीहरूको हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको अझै पहिचान हुन सकेको छैन। उद्धारकार्य पूर्ण रूपमा सकिएपछि मात्र मृतक तथा घाइतेहरूको पहिचान खुलाउने काममा जुट्ने जानकारी प्रहरीले दिएको छ।

पोखरा-२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको उक्त स्कुल बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित कुल २५ जना सवार रहेको बताइएको छ।

प्रहरीका अनुसार बसमा सवारमध्ये २१ जना विद्यार्थी रहेका थिए। ती सबै विद्यार्थीहरू कक्षा १० मा अध्ययनरत थिए र उनीहरू बिहानै परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै गर्दा उक्त दुर्घटनाको शिकार भएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *