गरिमा विकास बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
काठमाडौं। गरिमा विकास बैंकले फोनपे नेटवर्कको सहकार्यमा ‘गरिमा डिजि बटुवा’ मोबाइल एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। ग्राहकले शाखामा फारम बुझाई सेवा सक्रिय गर्न सक्नेछन्।
यो कार्डमार्फत फोनपेको क्युआर र नेटवर्कमा सहज भुक्तानी गर्न सकिन्छ। रु १०,००० देखि १,००,००० सम्मको क्रेडिट सीमा भएको यस कार्डमा ४५ दिनसम्म ब्याज लाग्दैन। साथै, १०% वा १००% भुक्तानी विकल्प पनि उपलब्ध छ।
भौतिक कार्डको आवश्यकता नरहने यो सेवा सुरक्षित र आधुनिक भुक्तानी समाधानका रूपमा ल्याइएको बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment