घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला तोलाको एक हजार ७ सयले घटेको हो।
बिहीबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ। हिजो बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको दुई हजार ७ सयमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment