माओवादी केन्द्रले मंसिरमा आह्वान गर्यो विशेष महाधिवेशन
काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८२ साल मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले मौजुदा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो।
महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
अध्यक्ष लगाएत सवै पदाधिकारीको व्यवस्था स्थगित गर्ने र महाधिवेशनमा युवाहरूको अधिकतम सहभागीताको वातावरण बनाउने निर्णय बैठकले गरेको छ।
पदाधिकारी र केन्द्रीय समिति भंग भइसकेको अवस्थामा पार्टीका नियमित गतिविधिलाई अघि बढाउन सचिवालय गठन गरिने उनले बताए। बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने र पार्टी निर्वाचनमा होमिने निर्णय गरेको छ।
त्यसैगरि बैठकले राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भिर संकटमा रहेकाले समाजवादी मोर्चामा रहेका दललाई पार्टी एकता र ध्रुविकरणको प्रक्रिया अघि बढाइने निर्णय गरेको सापकोटाले बताए।
बैठकले सम्पती छानविन आयोग बनाएर सम्पतीको छानविन गर्ने र त्यसको सुरुवात पार्टी पदाधिकारीबाट गर्ने निर्णय समेत गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।
क्षतिग्रस्त संरचनाको सम्बन्धीत निकायसंग समन्वय गरी स्वयंसेवक तथा आवश्यक सहयोगको परिचालन गर्ने, पार्टीको क्षतिग्रस्त संरचना र अन्य संरचना निर्माण गर्न पार्टीको तर्फबाट पहल गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले प्रचण्डको राजनितिक एंव संगठनात्मक प्रस्तावलाई पारित गरेको छ। प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै प्रस्तुत भएका प्रस्तावलाई आत्मसाथ गर्दै महाधिवेशनसम्म छलफल गर्ने निर्णय माओवादीले गरेको छ।







डिसी नेपाल







Facebook Comment