जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन हुनुपर्छ : मोहन बस्नेत

डिसी नेपाल
११ असोज २०८२ १९:२८
92
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गरेर दोषिलाई कडा कारवाही गर्नुपर्ने बताएका छन्।

कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नंवर १ क्षेत्रीय कार्यसमितिले शनिबार बाह्रविसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभए अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानविन गरेर दोषिलाई कडा कारवाही गर्नुपर्ने बताएका छन्।

जेनजीको माग सकारात्मक रहेको भन्दै उहाले आन्दोलनका क्रममा बिभिन्न शक्तिले घुसपैठ गरेको हुनसक्ने बताए। बस्नेतले आन्दोलनका क्रममा आफ्नो घर जलाएर कुनै फरक नपर्ने उल्लेख गर्दै अब हिजोको भन्दा पनि अझ प्रभावकारी र सक्रिय रुपमा आफ्नो कामलाई अघि बढाउने जिकिर गरे।

उनले मुलुकको पछिल्लो अवस्थामा पनि कांग्रेसले उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *