वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।
उनले सामाजिक सञ्जा फेसबुक मार्फत शनिबार राति भएको खेलमा वेस्ट इन्डिजलाई हराएर नेपालले ऐतिहासिक जित हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका हुन्। यो सफलताले नेपाली युवाशक्ति उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको उनले बताएका छन्।
उनले लेखेका छन्,‘यूएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई। यो सफलताले नेपाली युवाशक्ति- उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ। नेपाली टोलीले सिरिजका आगामी खेलहरूमा समेत अझै उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित पार्ने विश्वास लिएको छु।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment