गुण्डुमा एमाले सचिवालय बैठक जारी

डिसी नेपाल
१२ असोज २०८२ १४:३२
180
Shares

काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको डेरा भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक सुरु भएको हो। जेन-जी आन्दोलन र सत्ता परिवर्तनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो। एमालेको यस बैठकलाई सर्वत्र चासोको रुपमा हेरिएको छ।

बैठकमा जेन जी संघर्ष, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ। आजको बैठकमा पदाधिकारीहरूले ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गर्ने बताइएको छ। तर, ओली भने अध्यक्ष पद छाड्न राजी देखिँदैनन्।

यसबीचमा अध्यक्ष ओलीले सचिवालय तहकादेखि जनसंगठनसम्म नेता कार्यकर्तालाई निवासमै बोलाएर आफ्ना कुरा भन्ने, परिस्थितिबारे आफ्नो धारणा सुनाउने गरेका थिए। ती छलफलमा उनले आफू नेतृत्वको सरकार र देशविरूद्ध गम्भीर षड्यन्त्र भएको र त्यसको प्रतिवाद गर्नुपर्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *