हर्क साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, आयोगमा निवेदन
काठमाडाैं। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको आयोग उच्च स्रोतले जनाएको छ । उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको स्रोतको भनाइ छ।
‘उहाँले दल दर्ताका लागि निवेदन दिनु भएको छ। पार्टीको नाम श्रम संस्कृति पार्टी र अध्यक्ष उहाँ आफैँ रहने गरी निवेदन प्राप्त भएको छ’ स्रोतले भन्यो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment